संसद विघटन बिरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउने रिट सुनुवाईका लागि संबैधानिक इजलास गठन

जेठ १४, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरेको हो ।

इजलासमा राणासहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

सर्वाेच्च अदालत स्रोतका अनुसार शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी छ ।

सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो । बिपक्षी दलहरु आफ्नो पक्षमा फैसला आउने पर्खाइमा छन् ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा संबोधन गर्दे

Fri May 28 , 2021
जेठ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार राष्‍ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । संबोधन बजेटसंग केन्द्रीत हुने स्रोतले जनाएको छ । प्रधानमन्‍त्रीको सचिबालयका अनुसार आज साँझ ४ बजे प्रधानमन्‍त्री ओलीले सम्‍बोधन गर्ने तयारी छ । सम्बोधन लगायत समसामयिक विषयमा केन्द्रित हुने जनाइएको छ । भोली बजेट […]