साउन ११, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार ८ दशमलव २४ अंक अर्थात् शून्य दशमलव २७ प्रतिशत घटेर नेप्से परिसूचक ३ हजार ५० दशमलव ४२ विन्दुमा झरेको छ ।
२ हजार ७२ दशमलव ९३ विन्दुदेखि खुला भएको सोमवारको बजार ३ हजार ७५ दशमलव ५१ विन्दुसम्म पुगेको थियो भने ३ हजार ४१ दशमलव ९४ विन्दुसम्म झरेको थियो । सामान्य अंकले घटेको बजारमा सोमवार १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२३ ओटा कम्पनीको १ लाख ३७ हजार २४२ पटकको व्यापारमा भएको हो ।
बैंकिङ्ग समूहसँगै यस दिन विकास बैंकको शून्य दशमलव ७२ प्रतिशत, अन्यको शून्य दशमलव ४९ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४३ प्रतिशत र लगानी समूहको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ ।
यस दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३५ प्रतिशत बढेको छ । जलविद्युत् समूहसँगै वित्त समूहको २ दशमलव ५७ प्रतिशत, लघुवित्तको १ दशमलव ७७ प्रतिशत, व्यापारिकको १ दशमलव ३८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ३३ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ३९ प्रतिशत परिसूचक बढेको हो ।
यस दिन विशाल बजार कम्पनीसहित सात ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर,माउण्टेन हाइड्रो नेपाल र ग्रीन लाईफ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य एउटै अनुपात ९ दशमलव ९९ प्रतिशतले बढेको छ । यस दिन एनआईसी एशिया बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्रको मूल्य सर्वाधिक ७ दशमलव २२ प्रतिशतले घटेको छ । ११% एनआईसी एशिया डिबेञ्चर ०८२÷ ८३ को मूल्य प्रति ऋणपत्र ८४रुपैयाँ दशमलव ६० ले घटेर १ हजार ८६ दशमलव ५० रुपैयाँ कायम भएको हो ।
सोमवार १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२३ ओटा कम्पनीको १ लाख ३७ हजार २४२ पटकको व्यापारमा भएको हो ।