एमसीसी लाई स्विकार नगर्न सरकारलाई वाईसियल नेपालको आग्रह

भदौ २५,काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसियल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्विकार नगर्न सरकारलाई सचेत गराएको छ ।

सुमन देवकोटा नेतृत्वको वाईसियल नेपाल केन्द्रिय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बूँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो । वाईसियल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरु स्विकार गर्न नसकिने बताउनु भयो ।

गत भदौं १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईयल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताउनु भयो ।

वाईसियलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानवीन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नव निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम

Fri Sep 10 , 2021
भदौ २५,काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नव निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको छ । नेपाल चेम्वर अफ कमर्सद्धारा नेपाल आर्थिक पत्रकार समाज (सेजन)कार्य समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आज स्वागत कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका […]