नेपाली चलचित्र फूलबारी आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा

नेपाली चलचित्र फूलबारी आज (शुक्रवार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनअघि बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रिमियर शो गरिएको हो । सो प्रिमियर शोमा कलाकारहरु चलचित्र को कथावस्तुलाई लिएर रोएका थिए । प्रिमियर शो पछि सिने पत्रकारसँग कुरा गर्दै अभिनेता विपिन कार्कीले चलचित्रमा सबै कलाकाकरले आफ्नो तर्फबाट बेस्ट लिएकाले पनि चलचित्र उत्कृष्ट बनेको बताउनु भयो । त्यस्तै अभिनेता दयाहाङ राईले चलचित्रले नैतिक शिक्षा मात्रै नभइ व्यवहारिक शिक्षा पढाउनुपर्ने सन्देश दिएको बताउनु भयो । उहाँले अहिले सबै मानिसहरु आफ्नो लागि हिँडिरहँदा परिवारमा समय दिन नसकेको कुरालाई सिनेमाले देखाएको बताउनु भयो । अभिनेत्री मेरुना मगरले चलचित्रमा परिवार भन्दा टाढा बस्दाका अनुभवहरु देखाइएको बताउनु भयो । उहाँले अभिभावक बिरामी हुँदा सँगै हुन नपाएको पीडा लगायतका विषयमा चलचित्र निर्माण भएकाले मन छोएको बताउनु भयो । त्यस्तै अभिनेत्री शिल्पा मास्केले चलचित्रको कथावस्तुले आफूलाई रुहाएको बताउनु भयो । उहाँले चलचित्रले अहिले अधिकांश परिवारले भोगिरहेको कथावस्तुलाई देखाइएको बताउनु भयो । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले फिल्ममा परिवारबाट कोही सदस्य टाढा हुँदा धेरै पीडा हुने र त्यही कुरा चलचित्रमा देखाइएको बतउनु भयो । चलचित्रले धेरै ठाउँमा मन छोएको बताउनु भयो ।
चलचित्र ‘फूलबारी’ मा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायत कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपिन अवकाशप्राप्त शिक्षकको भुमिकामा छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

Fri Feb 17 , 2023
ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा […]