नेपाली चलचित्र जारीको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जारीको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र लिम्बू समुदायमाथि बनेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताउनु भयो । उहाँले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय गर्दा सहयोग पुगेको बताउनु भयो । उहाँले चलचित्रमा श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रिएपछि नयाँ सम्बन्ध बनाएर अघि बढ्न सकिँदो रहछ भन्ने लागेको बताउनु भयो । त्यस्तै अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाएँदा खुशी लागेको बताउनु भयो । उहाँले चलचित्रको कथा लिम्बू समुदाय बाहेकका समुदायमा पनि सान्दर्भिक रहेको बताउनु भयो । त्यस्तै चलचत्रि निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायमा जारी भनेको छोरीचेलीहरुको विवाह भइसकेपछि पनि श्रीमानद्वारा पीडित भएभने स्वेच्छाले अर्को जीवनसाथी रोज्न पाउने चलनका रुपमा रहेको बताउनु भयो ।
फिल्ममा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय रहेको छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्मको कथावस्तुको निर्देशन एवं लेखन उपेन्द्र सुब्बाले गर्नुभएको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संकल्प प्रश्ताव कार्यान्वयनको अवस्थाको अनुगमन गर्न उपसमिति गठन

Fri Mar 24 , 2023
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्तावको कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ । गत बुधवार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रश्ताव सर्वसम्मत रुपमा पारित […]