काठमाडौं । ‘आदिपुरुष’ को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ ।
निमाणर् कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन् ।
कम्पनीले पठाएको पत्रमा उक्त संवाद भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा बोलिएको भन्दै कलात्मक शैलीबाट मात्र बुझ्न पर्ने उल्लेख गरिएको छ ।
‘आदिपुरुष’ को निर्माण कम्पनीले माग्यो माफी
