गायक तथा अभिनेता तामाङको अन्त्येष्टि आज गरिँदै

काठमाडौं । निकै रुचाईएका स्टेज गायक तथा अभिनेता रोबिन तामाङको अन्त्येष्टि आज गरिँदै छ ।
गत मंगलबार आफ्नै घरमा मृत भेटिएका ६० वर्षीय तामाङको उनकै परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको छ ।
अन्तिम संस्कार अघि स्टेन पर्फमेन्सकमा निकै रुचाइएका पात्र रोबिनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ ।
मंगलबार बेलुका आफनै निवास बुढानीलकण्ठ स्थित चिसेनीमा मृत भेटिएका थिए ।प्रहरीको प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले गर्दा भएको हुन सक्ने बताईएको छ ।
रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका स्टेज पर्फमेन्समा रमाउने तामाङले आफ्नो कला मार्फत नेपाली रक गायन क्षेत्रलाई पुर्‍याएको योगदान महत्वपूणर् रहेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२३ वटा निर्माण तथा सप्लायर्स कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

Sun Jul 9 , 2023
काठमाडौं । सरकारले विभिन्न २३ वटा निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । देशभरका विभिन्न आयोजनामा ठेक्का लिएर जिम्मेवारी पुरा गर्न ढिलासुस्ति गर्दै आएका तथा सन्तोषजनक काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो । आज एक सूचना निकाल्दै […]