इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् ।
आइतबार नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन् ।
प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयहरु धरापमा परेको बताएका छन् ।
उनले भने ‘ हाम्रो विश्वविद्यालय धराप छ । जनताको चासोको विषय यो होईन् । हामी कुनै रहरले पनि आएको हैन् । आज हाम्रो हातमा सर्टिफिकेट छ तर रुदै रुदै खाडी जानु पर्ने अवस्था छ । आज राज्यले शिक्षालाई उपेक्षा गरेको छ । ’
इञ्जिनियरिङ अध्ययनको शुल्क घटाउनुपर्ने लगायत विभिन्न सात बुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन् । कक
सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने,त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वस्थ्य मन्त्रालयको ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालनमा आयो

Sun Aug 27 , 2023
  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त एपको शुभारम्भ गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वस्थ जीवनशैली, रोगहरूको रोकथाम तथा जोखिमपूर्ण आवस्थाको न्यूनीकरणका लागि डिजिटल माध्यमको प्रवद्र्धन तथा उपयोग गर्न उक्त एप […]