विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् ।
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष रन्जित कुमार पोदारले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनको सहकार्यमा ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पढाईमा राम्रो भएपनि आर्थिक अवस्थाको कमजोर भएकाहरुलाई शिक्षा दिने उद्देश्यले क्यान महासंघले यो स्कलरसिपको आवहन गरेको भन्दै त्यसमा पूर्ण सहयोग लर्ड बुद्ध एजुकेसनले दिएको बताए ।
उनले भने, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंँगको सहकार्यमा शुरु गरिएको हो। यो छात्रवृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको हो । त्यसमध्ये ७ जनालाई कुनै शूल्क लाग्दैँन्, ७ वटा प्रदेशबाट एउटा प्रदेशबाट एकजना छात्राहरु छनोट गर्ने गरेको छ । २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
उनले क्यानले नेसनल आईसीटी स्कलरसिप विगत चार वर्षदेखि गर्दै आएको भन्दै यसवर्षको लागि पनि कमिटि निमार्ण र छनोट प्रक्रिया सुरु भएको बताए ।
विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
४९ विद्यार्थीका लागि २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था
