अमेरिका पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुगेका छन्।
प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका छन्।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो।
प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारकै अकर्मण्यताका कारण मूल्य वृद्धि उच्च भएको पूर्व अर्थमन्त्रीको आरोप

Sun Sep 17 , 2023
काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताको कारण बजारमा मूल्य वृद्धि अनियन्त्रित भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’ विषयक विचार गोष्ठिमा सरकार विगतमा चुप लागेर बसेको र बजारलाई उपभोक्ता हितको लागि सुसूचित गर्ने अनुगमन प्रणाली कमजोर भएकै कारण बजारमा मूल्य वृद्धि बढको […]