काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले, देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन रहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै उनले, सहकारीको क्षेत्रबारे सरकार कुहिरोको काग जस्तै बनेको टिप्पणी गरेका हुन् ।
‘सहकारी क्षेत्रलाई हामीले राम्रो ढंगले अगाडि बढाउनु पर्नेछ । विभिन्न खालका सहकारी आए । यीनीहरुलाई अघि बढाउन पनि समृद्ध खालका ऐन कानूनहरु बनेनन् । पछिल्लो अवधिमा हामीले खास गरी यो ६२ — ६३ को परिर्वतनपछि बनेको संविधानको मर्म र भावना छ तीन खम्बे अर्थतन्त्र निर्माण गर्ने त्यस मध्ये सहकारीको महत्वपूर्ण भूमिका हुनुपर्छ भन्ने कुरा भनेको छ ।’ उनले भने ‘तर कति हुनुपर्छ त सहकारीको भूमिका, राज्यको क्षेत्रको भूमिका कति हो ? सहकारीको भूमिका कति हो ? निजी क्षेत्रको भूमिका कति हो ? त्यसको बारेमा सरकार पुरै कुहिरोको काग छ । न प्रचण्डको सरकारले यो विषयमा सोचेको छ । न देउवाको सरकारले सोच्यो न केपी ओलीको सरकारले सोच्यो कसैले पनि सोचेनन हेर्नुस् । अहिलेसम्म ठोस ढंगले नीति ल्याएको म चै देखिरहेको छैन् । ’
संविधानमा रहेका समाजवादी तत्वहरुलाई अगांलेर पुँजीवादी तत्वहरुलाई परिर्वतन गर्दै जानु पर्ने बताएका उनले निजी क्षेत्रलाई पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।
‘पुँजीवाद स्थापना भएको १८ वर्ष भयो संविधान नै बनेको पनि १० वर्ष पुग्न लाग्यो ।’ उनले भने ‘यो पुँजीवादी व्यवस्था पुँजीवादी संसदीय व्यवस्थाबाट अब अगाडि बढ्न सकिँदैन् ।’
अर्थ नीतिबारे सरकार कुहिरोको काग जस्तै अन्यौलग्रस्त छ ः पूर्व प्रधानमन्त्री खनाल
