आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् ।
हेटौँडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।
संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारी दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालेको हो ।
सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको समय दिएपनि दोषी माथि कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।
संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलिका लागि बन्द

Sun Sep 17 , 2023
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलि बन्द हुने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो । विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुदाँ उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो […]