आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकास का लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् ।
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको उनले बताइन् ।
उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण ः मन्त्री रिजाल

Wed Sep 13 , 2023
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । साल्ट टे«डिङ्गको ६१ औं वार्र्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट टे«डिङ्गले काम गर्दै आएको भन्दै […]