एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
सोमबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो ।
एमाले नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् । उनको पार्थिव शरीर पार्टी कार्यलय च्यासलमा लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

को हुन सुवासचन्द्र नेम्वाङ ?

Tue Sep 12 , 2023
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए । […]