को हुन सुवासचन्द्र नेम्वाङ ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ ।
संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो ।
हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।
विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए।
विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वंर्गीय नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए। नेम्बाङ हाल इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित थिए । उनी गएको निर्वाचनामा ३० हजार २० मत प्राप्त गर्दै पाँचौं पटक विजयी बनेका थिए ।

नेम्वाङले पछिल्लो संविधान सभा निर्वाचनामा आफ्ना निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरेका थिए।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भएका थिए। सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छ ः मन्त्री बस्नेत

Tue Sep 12 , 2023
काठमाडौं । उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडांैमा आयोजित कोरीयाली सहयोगमा नेपालमा बन्न लागेको माथिल्लो त्रिशुली एक हाइड्रो पावर प्रोजेक्टको आधारशीला निर्माणको शुभारम्भ कार्यक्रममा उनले, नेपाल दिगो विद्युत उत्पादनमा प्रतिबद्ध रहेको बताए । भारतले नेपालमा उत्पादीत विद्युत […]