तीनकुनेको गैह्रीगाउँ स्थिति स–मिलमा खुकुरी प्रहार गरी चार जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ ।
हत्या गरिएकामा एकै परिवारका तीन सहित चार जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल रहेका छन् । मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स–मिल भित्र हत्या गरिएको छ ।
तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स–मिलमा गए राति १२ बजेतिर उनीहरूको हत्या गरिएको हो । सो स–मिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको हो । स–मिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको छ ।
हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित सोही स–मिलभित्रै बस्दै आएका थिए । हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । घटनाको उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव छ ः प्रधानमन्त्री प्रचण्ड

Sat Sep 16 , 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी नभएसम्म देशको आर्थिक रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले, निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले […]