तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक ः घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी

काठमाडौं । प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिषर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।
तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित आफ्नो साथीको घर पुगेका थिए । राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र छिरेको र त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको जनाएको छ ।
शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरी बताएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक छ ः सांसद चौधरी

Sun Sep 17 , 2023
काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजु लाल चौधरीले, सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले सुर्तीजन्य पदार्थमा कर नबढाएसम्म देशको उत्पादन बन्द गर्न नसकिने भन्दै कर बढाउन आवश्यक रहेको बताएका हुन्। उनले भने,‘सुर्तीजन्य […]