तीन दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही ठाउँमा शुक्रबारदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्नेछ ।
त्यसैगरी ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।
तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने भएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री दाहाल

Fri Sep 15 , 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागी शुभकामना व्यक्त गगरेका छन् । शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्धन र परिपूर्ति […]