देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप उपलब्ध हुन्छ ः मन्त्री बस्नेत

 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् ।

बुधबार काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउने गरी सुरुवात गरेको बताए ।

उनले भने, ‘किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘अत्यन्तै जटिल रोगको समस्या र जति न्यूनीकरण गर्दा गर्दै देखिरहेको अवस्थामा भएकाले यो रोग नलागोस् भन्नका लागि सिमित श्रोत र साधनको हिसाबले सुरुवात गरेका छौं । उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउनुपर्छ । यसको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पहल गर्छ ।’

उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवा जसरी पनि सुरु गर्नुपर्ने बताए । ‘एचपीभी’ खोप आजदेखि निःशुल्क लगाइँदै छ । एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

Wed Sep 13 , 2023
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । राजदूत भोल्कले […]