नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेकपा एमाले पार्टी कार्यलयका अनुसार हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।
पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइनेछ ।
घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Wed Sep 13 , 2023
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो । मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज […]