पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटनामा,१० जना घाइते

काठमाडौं । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् ।
आइतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् ।
जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्रीसंग चिनियाँ राजदूत चेन सोङ्गको भेट

Sun Sep 3 , 2023
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसंग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले भेट गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको छ । भेटमा मन्त्री बस्नेतले चीन सरकारले भरतपुरस्थित वीपि कोईराला क्यान्सर हस्पिटल बनाउँन, सिभिल हस्पिटलको सुधार […]