प्रसुतिगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा सुरु हुदैँ

काठमाडौं । परोपकार मातृ तथा स्त्री अस्पतालका, महानिर्देशक डा. संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा सुरु गर्न लागिएको जानकारी दिएकी छिन् ।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको ६४ औं वार्षिकोत्सव कार्यक्रममा उनले, अस्पतालले, यही भदौ २७ गतेबाट महिलाको पाठेघरमा क्यान्सर गराउने ह्युमेन पापिलोमा एचपीभी भाइरसविरुद्धको खोप अभियान संचालन गर्न लागिएको जानकारी दिएकी हुन् ।
‘यसै अस्पतालबाट भदौ २७ गतेबाट हामी नेपालमा डेमेन्सट्रेशन प्रोजेक्टको रुपमा एच्पीभीको भ्याक्सिनको सुरुवात गर्न लागेका छौ । यो भ्याक्सिनले क्यान्सरबाट आमा र बालबालिकाहरुको मृत्युको समस्याहरु न्यूनिकरण गर्ने विश्वास गरेको छु ।’
मातृ तथा शिशूको स्वास्थ्य सुधारको अस्पतालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले त्यसको लागि सम्पूर्ण अस्पतालको कर्मचारीको योगदान अमुल्य रहेको भन्दै प्रशंसा गरिन् ।
त्यस्तै ह्युमन मिल्क बैंक र सुरक्षित गर्भपतन सेवा पनि प्रसुति अस्पतालबाटै सुरु भएको भन्दै उनले थप सुधारका लागि आवश्यक पहल गर्ने बताइन् । ‘ह्युमन मिल्क बैंक’ को कल्पना धेरैले गरेका थिए भाग्यले साथ दिएर त्यसको स्थापना हामीले गरेका छौ । यो कार्यक्रम एकदम सफलतापूर्वक सञ्चालन भईरहेको छ ।’ उनले भनिन् ‘यसको साथै सुरक्षित गर्भपतनको सुरुवात पनि यही अस्पतालबाट भएको थियो भने त्यो काम पनि सकारात्मक रुपमा सफल भएको छ ।’
सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.आर पी विच्छाले आगामी योजनामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता जनाए ।
उनले भने ‘हामीले ल्याउँने १६ औं योजनाको कुरा गरौं, त्यसको प्रत्यक्ष लाभ लिने स्वास्थ्य संस्था नै हो । अस्पतालहरुको लागि यो धेरै जरुरी छ, अब आउँने नीति कार्यक्रम र बजेट अब १६ औं योजनामा टेकेर नै हुन्छ ।’
उनले जनशक्ति व्यवस्थापन मुख्य समस्याको रुपमा देखिएको भन्दै, त्यसलाई सम्बोधन गर्न आवश्यक तयारी भइरहेको बताए ।
‘जनशक्तिको व्यवस्थापन एउटा सबैभन्दा ठूलो चुनौती हो र स्वास्थ्य क्षेत्रको यो सम्बोधन १६ औं योजनामा हुनै पर्छ भन्ने मेरो प्रयास हो र त्यो हुन्छ भन्ने कुरामा म विश्वस्त छु । पहिलाको योजनाहरुमा स्वास्थ्य क्षेत्रलाई समेटिएको थिएन् ।’ उनले भने ।
स्वास्थ्य क्षेत्रका कामदारको सुरक्षा सवालमा पनि सरकार गम्भीर हुनु पर्ने बताएका उनले निधक्क भएर काम गर्ने वातावरण बन्नु पर्नेमा जोड दिए । ‘एउटा सानो मजदुरलाई कसैले हात लगायो भने प्रधानमन्त्री कार्यालयमा युनियनका मासिनहरु पुगि सकेका हुन्छन् तर हाम्रो डक्टर नर्सलाई केही हुने हो भने कसैले आवाज उठाउँने वाला छैन् ।’ उनले भने ‘ अब डराएर, तनाव लिएर काम गर्ने अवस्था छैन्, हामीले नीति कानूनमा नै कुनै पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई मानसिक तनाव दिने खालको काम भयो भने त्यसलाई सजाँयमा लैजाने नियम बनाएका छौ र त्यो पारित पनि भईसकेको छ । ’

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक ः मन्त्री रिजाल

Wed Sep 6 , 2023
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक भएको बताएका छन् । बुधबार ललिपुरमा आयोजित कार्यक्रममा उनले उद्योगी व्यवसायहरुको विकास लागि नितीगत रुपमा सुधार गर्नु पर्ने बताएका छन् । उनले सरकार व्यवसायिहरुलाई सहयोग गर्न र निजी क्षेत्रसंग सहकार्य […]