भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३

काठमाडौं । नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
आज एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शोको उद्घाट गरेका हुन् ।
शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
अटो शोमा १ सय २० वटा स्टल रहने छन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्ट लगायतका उपकरण राखिएका छन् ।
चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा १५ अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।
उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।
यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन्।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप उपलब्ध हुन्छ ः मन्त्री बस्नेत

Wed Sep 13 , 2023
  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् । बुधबार काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउने गरी सुरुवात गरेको […]