महेश कुमार श्रेष्ठद्वारा एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले, ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले सबल, साझा र एकतावद्ध एनआरएनए बनाउँने प्रमुख उद्देश्य र प्राथमिकतासहित ५ रणनीति र २५ योजनासमेत सार्वजनिक गरेका छन् ।
उनले २ वर्षको कार्यकालका लागि तयार गरिएको ठोस कार्ययोजनाहरुलाई समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘सबल, साझा र एकतावद्ध एनआरएनए परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउँने मेरो प्रमुख उद्देश्य र प्राथमिकता हुनेछ । म पद र प्रतिष्ठाभन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुदैँ आएको छु । आगामी २ वर्षको कार्यकालमा मैले गर्ने कामलाई ५ नीतिगत प्राथमिकतामा विभाजन गरि ठोस कार्ययोजनाहरु प्रस्तुत गरेको छु । यी कार्ययोजनाहरु समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । ’
एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौंमा हुने मिति तय गरिएको छ ।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, विदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीयनेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गरेका हुन् ।
कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन् । जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, तोनानकम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनी निर्देशक रहेका छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीनकुनेको गैह्रीगाउँ स्थिति स–मिलमा खुकुरी प्रहार गरी चार जनाको हत्या

Sat Sep 16 , 2023
काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या गरिएकामा एकै परिवारका तीन सहित चार जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल […]