सरकारकै अकर्मण्यताका कारण मूल्य वृद्धि उच्च भएको पूर्व अर्थमन्त्रीको आरोप

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताको कारण बजारमा मूल्य वृद्धि अनियन्त्रित भएको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’ विषयक विचार गोष्ठिमा सरकार विगतमा चुप लागेर बसेको र बजारलाई उपभोक्ता हितको लागि सुसूचित गर्ने अनुगमन प्रणाली कमजोर भएकै कारण बजारमा मूल्य वृद्धि बढको बताए ।
उनले भने, ‘बजारलाई सुसूचित गर्ने हाम्रो प्रणाली छैन । कहाँ कहाँ युद्ध भयो रे कहाँ के भयो रे भनेपछि यहाँ बजारमा हल्लै हल्लामा मूल्य बढाइ दिन्छौँ । बजार अनुगमन गर्ने बाणिज्य विभागको मान्छे त फुटबल खेल्या झैं खेल्या खेल्यै हुनुहुन्छ उहाँहरु अनि कसरी अनुगमन हुन्छ । त्यसमा पनि बजार अनुगमनको फ्रिक्वेन्सि नै छैन् ।’
उनले मूल्य वृद्धि अत्याधिक रुपमा हुनुमा सरकार नै चुकेको आरोप लगाए ।
‘कतिपय सामग्रीहरुको चार वर्षमा भएको मूल्यवृद्धि भन्दा बढी अहिले दुई वर्षमा मूल्य वृद्धि भएको छ । यसरी मूल्य वृद्धि हुँदाखेरी एकातिर हामी आर्थिक मन्दी भन्ने ,आर्थिक मन्दी भएपछि स्वभाविक रुपमा मूल्य पनि नबढ्नु पर्ने हो, अर्थशास्त्रले त्यहि भन्छ । अनि आर्थिक मन्दी पनि छ, बजारमा कृतिम अभाव पनि छ,कसैको एकाधिकारी प्रवृति पनि छ र बजारमा जथाभावि मूल्य बढाउनेलाई रोक्ने बजार अनुगमन पनि छैन । यस्तो बिडम्वनापूर्ण स्थिति सरकारको अकर्मण्यताले हुने कुरा हो । ’

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाहरुलाई मनोरञ्जन गराउँदै शिक्षकहरु

Tue Sep 19 , 2023
५९ औं राष्ट्रिय बालदिवसको अवसरमा २०८० भदौ २९ गते सातदोबाटो, ललितपुर स्थित युनाइटेड प्रि–स्कुलको प्राङ्गणमा सम्पूर्ण प्रि–स्कुलका शिक्षकहरु लगायत बालबालिकाहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा उपस्थित प्रि–स्कुल हेड कल्पना विष्ट ज्यूको आसनग्रहण पश्चात् कार्यक्रममा सर्वप्रथम बालदिवस के हो ? बालदिवसको सुरुवाती अवास्था, बालदिवसको महत्व र फाइदाहरुलाई मध्यनजर गर्दै केही […]