सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक छ ः सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजु लाल चौधरीले, सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले सुर्तीजन्य पदार्थमा कर नबढाएसम्म देशको उत्पादन बन्द गर्न नसकिने भन्दै कर बढाउन आवश्यक रहेको बताएका हुन्।
उनले भने,‘सुर्तीजन्य पदार्थको ट्याक्स बढाउने कुरा अगाडि बढिरहेको छ । जब सुर्तीजन्य पदार्थको ट्याक्स बढाउन सकिँदैन । तबसम्म हाम्रा सुर्तीजन्य पदार्थको उत्पादन बन्द हुन सक्दैन् । यही ट्याक्सबाट हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौं।’
उनले सरकारले गर्नु पर्ने जति काम अझै पनि गर्न नसकेको स्वीकार गरे ।
बजेट आउनुभन्दापहिले तीन चार महिना व्यापक रुपमा लाग्दा अहिलेसम्म पनि सफलता पाउन नसकेको उनको गुनासो छ ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिका पुगे प्रधानमन्त्री दाहाल

Sun Sep 17 , 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका छन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो। प्रधानमन्त्री प्रचण्डले असोज […]