स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुनेछ ।
नेकपा एमाले पार्टी कार्यलयका अनुसार शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म रहेको छ ।
मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज मोती जयन्ती मनाइँदै

Thu Sep 14 , 2023
काठमाडौं । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । […]