सिईओ क्लब ग्लोबल को ग्लोेबल सिईओ समिट २०२४ सिड्नी भव्यताका साथ सम्पन्न भएको छ । विश्वभरका सिईओहरुको प्रतिनिधित्व रहेको सिईओ क्लव ग्लोबलले अष्ट्रेलियाको सिड्नीमा ग्लोबल सिइओ समिटको आयोजना गरेको हो। मार्च ८ र ९ मा आयोजना गरिेएको सो सिईओ समिटको उद्घाटन अष्ट्रेलियाको ईतिहासमै सबैभन्दा बढि अध्यागमन मन्त्रीका रुपमा काम गरेका फिलिप रोडकले गरेका थिए । प्रमुख अतिथिको वक्तव्य दिंदै फिलिप रोडकले सिईओ क्लब ग्लोबल को ग्लोेबल इकोसिस्टम सबको लागि फलदायी हुने बताएका छन् । ग्लोेबल सिईओ समिटको सिड्नी एडिसनमा सिईओ क्लब ग्लोबलका ग्लोबल सिईओ डा शम्भू पोखरेलले अष्ट्रेलियामा नया इकोसिस्टम सुरु भएको घोषणा गरेका छन् ।
पछिल्लो समय ठुला भौतिक संरचनाको क्षेत्रमा लगानी प्रवद्र्धन गर्न केन्द्रित गरेको सिईओ क्लब ग्लोबलले अष्टेलियामा मात्र १० बिलियन डलर भन्दा बढीको लगानी ल्याउने घोषणा गरेको छ । सिईओ समिटमा १० भन्दा बढी मल्टिबिलियन डलर कम्पनीका कर्पोरेट सिइओहरु उपस्थित भएका थिए भने अमेरिका, बेलाएत, भारत, चिन, हङकङ, नेपाल, न्युजील्याण्ड, ईन्डोनेसिया, लगाएका देशका सिईओहरुको उपस्थिति रहेको थियो । सिड्नीको डार्लिङ हार्बर स्थित सोफिटल होटलमा भएको सिईओ समिटमा सहभागि सिइओहरुले ग्लोबल सिईओ समिटबाट आफु लाभान्वित भएको बताएका छन् । ग्लोबल सिइओ समिटको रात्रिभोज जहाजमा (क्रुज क्रुज डिनर) गरिएको थियो । सिईओ क्लब ग्लोबलको ग्लोबल इकोसिस्टमबाट अष्ट्रेलियामा सोलार , माइनिड. , विण्डमिल र केही ठूला इन्फ्रास्ट्रक्चरहरुमा लगानी आउने भएको छ ।
ग्लोबल सिइओ समिटमा अष्ट्रेलियामा रहेका बंगलादेशि समूहहरुको प्रतिनिधित्व गर्ने गरी बगंलादेशि अष्ट्रेलियन समूदायको एम्बेस्डरको रुपमा डा. नूर मोहम्मदलाई नियुक्त गरिएको छ । त्यसैगरी भारतिय समूदायको प्रतिनिधित्व गर्ने गरी विश्वभरका भारतियहरुसग परियोजना डिल गर्नकालागि भारतका पूर्व प्रधानमन्त्री वि वि नरसिंह रावका नाति नन्द भागि रावलाई राजदूत बनाईएको छ ।
अमेरिकाको न्यानह्याटनमा हेडक्वाटर रहेको सिईओ क्लब ग्लोबलको १०० देशमा च्याप्टरहरु विस्तार भईरहेका छन् । र विश्वभरका समिट देशको व्यक्तिहरु बोलाएर ग्लोबल सिईओ समिट पनि आयोजना भइरहेको छ । विश्वमा नया इकोसिस्टम सुरु गर्नका लागि र फोब्र्स म्यागजिन, वल्र्ड इकोनोमिक फोरम र इन्टरनेशनल चेम्बर अफ कमर्शको संयुक्त रुप (ब्लेन्डेड फर्म) को रुपमा डेभलप गर्नका लागि सिइओ क्लव ग्लोबल लागि परेको सिइओ क्लब ग्लोबलका ग्लोबल सिइओ डा.शम्भू पोखरेलले बताएका छन् ।