युनाइटेड प्रि स्कुलद्वारा विभिन्न विषयवस्तु अन्तर्गत रचनात्मक कार्यक्रमको आयोजना

काठमाडौँ, सातदोवाटो ललितपूर स्थित युनाइटेड प्रि स्कुलमा गत हप्ता जे.के.जीका सम्पूर्ण विद्यार्थीहरु द्वारा आयोजित विभिन्न विषयवस्तु अन्तर्गत शैक्षिक विषयवस्तुमा आधारित आकर्षक र रचनात्मक प्रस्तुती प्रदर्शन गरिएको छ । उक्त प्रस्तुतीले विद्यार्थीहरुलाई रचनात्मक सिकाई, सामुहिक कार्य, सामुहिक भावना कसरी एकसाथ प्रदर्शन गर्न सकिन्छ भन्ने कुराको जानकारी गराई जे.के.जीका सम्पूर्ण विद्यार्थीहरु सक्रिय रुपमा सहभागी भई आफ्ना प्रतिभा, परियोजनाहरु प्रदर्शन गरेका थिए । जसमा विभिन्न विषयवस्तुगत कला, सङगीत, नाटक विषयवस्तु झल्काउने पहिरन, विषयवस्तुगत ज्ञान र अन्तरक्रियात्मक प्रदर्शनहरु प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रमको अवलोकन युनाइटेड प्रि स्कुलका हेड कल्पना विष्टले गर्नु भएको थियो । साथै कक्षा प्ले ग्रुप देखि एस.के.जी सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा प्रि स्कुल परिवारले कार्यक्रमलाई अन्त्यसम्म हेरी कार्यक्रमलाई थप उत्साहजनक बनाइदिनुभएको थियो ।

कार्यक्रममा समग्रमा तीन वटा विषयवस्तु रहेको थियो भने जे.के.जी कक्षाका खण्ड पनि तीन वटै भएकोले प्रत्येक कक्षाले १– १ वटा विषयवस्तु लिएर ( जे.के.जी न्यूटनले म र मेरो परिवार, राम्रो बानी, जे.के.जी डार्विनले सजीव र निर्जीव वस्तु , हाम्रो ब्रहमाण्ड र जे.के.जी सोक्रटिजले जनावर थिम अन्तरगर्त आ– आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए ।


म र मेरो परिवार, राम्रो बानी, जे.के.जी न्यूटनले अन्तगर्त आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । जसमा ठूलो परिवारका सदस्यको नाम, सदस्य सङख्या र राम्रो बानी तर्फ अन्तरक्रियात्मक नाटक र गिती नाटकले विषयवस्तुलाई अझ छर्लङग पारेको थियो ।

यसै गरी जे.के.जी डार्विनले सजीव र निर्जीव वस्तु , हाम्रो ब्रहमाण्ड अन्तगर्त सूर्य, चन्द« ताराग्रहहरुको परिचय, सजीव र निर्जीव वस्तुको गिती नाटक र अन्य प्रस्तुतीले बालबालिकाको जिज्ञासालाई प्रष्ट रुपमा देखाइएको थियो ।

यसै गरी जे.के.जी सोक्रटिजले जनावर थिम अन्तर्गत पहिरन सहित विभिन्न जंगली, घरपालुवा जनावर देखाई जनावरका फरक छुट्याई घरपालुवा जनावरको साङगीतिक नृत्य प्रस्तुत गरी गाईको र अन्य जनावरको सामान्य ज्ञान प्रदान गरी उत्त जनावरहर,ले खाने खाना, हिड्ने तरिका , जनावरका आवज तथा सन्देशमूलक प्रस्तुतीहरm प्रदर्शन गरेका थिए । जनावरको जस्तै पहिरनले जनावर विषयवस्तुको शीर्षकलाई छर्लङग पार्दै आकर्षक र सन्देशमूलक प्रस्तुती प्रदर्शन गरेका थिए ।

यसरी सम्पूर्ण जे.के.जी बालबालिकाहरुले विभिन्न विषयगत क्षेत्रहरुलाई एकीकृत गरी एकै समयमा विविध ढंगले रचनात्मक तथा आकर्षक तरिकाले दिगो शिक्षा सिकाइको वातावरण सृजना गरेको थियो ।


कार्यक्रमको अन्त्यमा युनाइटेड प्रि स्कुलका हेड कल्पना विष्टले उक्त प्रस्तुतीको पृष्ठपोषण प्रदान गर्नुभएको थियो । जसमा उक्त कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढ्ने, सिकाइ रचनात्मक हुने तथा विषयगत प्रस्तुतीले प्रत्येक बालबालिकाको सिकाइ दिगो र रुपमा रहिरहने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने हौसला प्रदान गर्नुभएको थियो ।

 

 

सेयर गर्नुहोस्