डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा

विराटनगर । पूर्वी नेपाललाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ ।
एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको हो ।
अत्याधुनिक पोलियुरिथिन टेक्नोलोजी, सिलिकन टेक्नोलोजी, क्याक प्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङ समेत रहेको वाल गार्ड रोयल एक्स्टेरियर इमल्सन पेन्ट १२ वर्ष पफर्मेन्स वारेन्टी रहेको जनाइएको छ ।
कम्पनीका अनुसार १ लिटरदेखि २० लिटर साइजमा मिडियम ह्वाइट, डार्क र एल्लो कलरमा उक्त उत्पादन उपलब्ध हुनेछ ।
त्यस्तै, पेन्ट्सले सार्वजनिक गरेको अर्को उत्पादन डिजिटल ड्याम गार्डले सिपेजको समस्या तथा नुनीया लगायतका समस्यालाई न्यूनीकरण गर्ने जनाइएको छ ।
ग्राहकहरूको मागलाई मध्यनजर गर्दै नयाँ दुई उत्पादन बजारमा ल्याएको डिजिटल पेन्टसका सीईओ देवीप्रसाद गौतमले बताए ।
कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा उच्च गुणस्तरका इमल्सन पेन्ट्स लगायत ४६ भन्दा बढी उत्पादनहरू बिक्री वितरण गर्दै आएको उनले बताए ।
कोशी प्रदेशका ८५ भन्दा बढी आधिकारिक डिलरहरूमार्फत ग्राहकहरूलाई सहुलियता मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस्