सेयर बजार नेप्से परिसूचकमा ५३.६३ अंकको गिरावट, नेप्से परिसूचक २६९५.९३ अंकमा

आइतबार सेयर बजार नेप्से परिसूचकमा ५३.६३ अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५. ९३ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चिएको छ ।
बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटेको छ ।
सुपर माइ हाइड्रोपावरको मूल्य भने १० प्रतिशत बढेको छ भने कुथेली बुकरी स्मल हाइड्रोपावरको ८.३, सामलिङ पावरको ५.८, अपरहेवाखोलाको ५.२ प्रतिशत बढेको छ ।
गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा अगाडी रहेको छ्न ।

सेयर गर्नुहोस्