आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ बराबर १.५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।शेयरमा आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो ।