सोमबार नेप्सेमा उच्च अंकको गिरावट, नेप्से परिसूचक ५७.०३ अंकले घट्यो

सोमबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ५७.०३ अंकले घटेर नेप्से परिसूचक २५८०.७६ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३६ करोडमा खुम्चिएको छ । सोमबार सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ क्षेत्र १.५९ अंकले घटेको छ भने विकास बैंक २.७२, फाइनान्स ५.६६, हाइड्रोपावर २.२८, लगानी २.५३, जीवन बीमा १.९१, उत्पादन १.७१, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा १.९१, अन्य २.३३ तथा व्यापार २.७६ प्रतिशतले घटेको छ । कुल १४ कम्पनीको मूल्य बढ्दा २२७ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन पनि सेयर बजारमा उच्च गिरावट आएको छ ।

सेयर गर्नुहोस्