साहस ऊर्जाले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ ।