मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से घटेर २५०० विन्दुभन्दा तल झरेको छ । आज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंकले घटेको छ ।
दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ । सोमबार ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७७ हजार २६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।