बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । शुक्रबार सो विषयमा दुवै पक्षबीच हस्ताक्षर भएको हो । बाजेको सेकुवा तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोेबलको तर्फबाट सिइओ डा. शम्भु पोखरेलले हस्ताक्षर गर्नुभएको छ । अब बाजेको सेकुवाको अन्तर्राष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ.।
पहिलो २ वर्षमा विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने फ्रेन्चाइज ग्लोबलको योजना रहेको छ । फ्रेन्चाइज ग्लोबलले विभिन्न व्यावसायिक कम्पनीबीच समन्वय गर्ने व्यावसायिक विस्तार का लागि पहल गर्ने स्वामित्व प्रत्यायोजन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।