सेयर बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९ मा कायम भएको छ । सोमबार बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको कारोबार भएको छ ।
२२१ कम्पनीको मूल्य घटेको छ । सबै क्षेत्रका सूचक पनि घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशतले घटेको छ । बैंकिङ २.३० प्रतिशतले घटेको छ भने विकास बैंक १.७८ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटेले छ ।