अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन्: डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको अवस्था अझै सन्तोषजनक नभएको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवनभित्र भएको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरु’ विषयक छलफल कार्यक्रममा उनले अर्थतन्त्रको अवस्थामा सुधार भएपनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै अर्थतन्त्रलाई थप गति दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘हाम्रो आवश्यकता धेरै छन्, साधन स्रोत कम छन्, गर्नुपर्ने काम धेरै छ । त्यसैले कसरी बढिभन्दा बढि प्रभावकारी तरिकाबाट सरकारले काम गर्न सक्छ, परिणाम ल्याउन सक्छ भन्ने विषयमा निरन्तर सुझाव सल्लाहको आवश्यक्ता पर्छ । अर्थतन्त्रको सबै समस्या समाधान भएको अवस्था छैन् । सुधार भएका छन् तर सन्तुष्ट भएर बस्ने अवस्था छैन् । अर्थतन्त्रलाई थप गति दिन आवश्यक छ ।’
अर्को प्रसंगमा प्रवक्ता डा. महतले चीनसँगको बीआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।
डा महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् ।
बैठकमा छाता संगठनलगायत सबै संस्थाहरुसँग अर्थतन्त्रलाई थप सुधार गर्न र व्यवस्थित गर्न सुझाव लिएको पनि उनको भनाई छ ।

सेयर गर्नुहोस्