विभिन्न पोसाकमा रमाउदै युनाइटेड प्रि–स्कुलका बालबालिकाहरु , फेन्सी ड्रेस प्रतियोगिता

 

फेन्सी ड्रेस प्रतियोगिता कार्यक्रम एक बौद्धिक सृजनात्मक र मनोरञ्जनात्मक कार्यक्रम हो । जहा सहभागी विद्याथीहरुले आफूले आफूलाई चित्रण गर्न रचनात्मक रुपमा विभिन्न पोसाकहरु मार्फत सजाएका हुन्छन् । यो हरेक बालबालिकाहरुको लागि एउटा प्लाटफर्म हो जसले बालबालिकाको सामाजिक अन्तरक्रियाको कौशलतालाई पोषण दिन्छ । विद्यार्थीले आफ्नो कल्पनाशील पक्षलाई देखाउने मौका पाउँछन् । जसले गर्दा बालबालिकाहरुलाई अझ बढी रचनात्मक हुन हौसला प्रदान गर्दछ । अभिभावकहरुको सहकार्यमा वि.सं. २०८१ मंसिर ७ गते शुक्रबार युनाइटेड स्कुलको कार्यक्रम हलमा सम्पूर्ण शिक्षक र बालबलिकाहरु उपस्थित भई कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त फेन्सी ड्रेस प्रतियोगितालाई सही ढंगबाट निर्णय गरी बालबालिकाहरुको अझ बढी हौसला बढाउन निर्णायक मण्डल तर्फ युनाइटेड युनिभर्सल स्कुल कक्षा १ देखि ३ सम्मको कोअर्डिनेटर चन्दा श्रेष्ठ ज्यू, युनाइटेड स्कुलको क्वालिटी अफिसर नैना गुरुङ ज्यू र युनाइटेड स्कुलको आर्ट एण्ड क्राफ्टको शिक्षक ज्ञानी ब्लोन ज्यू रहनु भएको थियो भने युनाइटेड स्कुलका प्रिन्सिपल श्री मनोज विश्वकर्मा ज्यूको गरिमामय उपस्थितिले अझ कार्यक्रमको शोभा बढेको थियो ।
उक्त कार्यक्रमलाई केही बालबालिकाहरुले नृत्य त केहीले गीत मार्फत अझ मनोरञ्जनात्मक बनाएका थिए । यसै क्रममा कक्षा प्ले ग्रुपबाट प्रथम पुरस्कार – नुवाबु∙ राई, द्धितीय– आध्या गृप्ता , तृतीय– रियान्स भट्टले हात पार्न सफल हुनु भएको थियो । नर्सरीबाट प्रथम पुरस्कार – वेदान्शि राई, द्वितीय– आज्ञा महर्जन, तृतीय– आकृति सारुले जित्न सफल हुनु भएको थियो । जे.के.जी बाट प्रथम पुरस्कार – शोफिया शाक्य, द्वितीय– सांक्षी तामाङ, तृतीय–शुभम शाहले हात पार्न सफल हुनु भएको थियो । त्यसै गरी एस.के.जी बाट प्रथम पुरस्कार – आयुष्मा राई, द्वितीय– अन्सुया थापा, तृतीय– संमृद्धि ताम्राकारले प्राप्त गर्नु भएको थियो । उक्त कार्यक्रममा जम्मा १७३ जना विद्यार्थीले आफ्नो प्रस्तुति दिएका थिए र ती मध्ये १० जना विद्यार्थीले विभिन्न शीर्षकमा पुरस्कार प्राप्त गर्नुभएका थिए ।

 

जस्तैः मस्ट क्रियटिभ कस्ट्युम तर्फ जे.के.जी सोके्रटिजकी शोफिया शाक्य, बेस्ट युज अप रिसाइकल्ड ततर्फ एस.के.जी सोके्रटिजको आयुष्मा राई, मस्ट ओर्जिनल कन्सेप्ट तर्फ नर्सरी न्युटनको आयरा डङ्गोल, बेस्ट प्रिजेन्टेसन तर्फ जे.के.जी सोके्रटिजका निभाल महर्जन, बेस्ट ह्याण्डमेड कस्ट्युम नर्सरी न्युटनकी जेनिशा शोनि, बेस्ट युज अप प्रप्स तर्फ जे.के.जी न्युटनकी सान्भी के.सी, मस्ट कन्फिडेन्ट मार्फत एस.के.जी सोके्रटिजको अन्सुया थापा, , बेस्ट एक्स्प्रेसन एस.के.जी डार्विनको साकुरा निरौला, बेस्ट क्याट वकमा एस.के.जी न्युटनकी इभान्का शाही ठकुरी र बेस्ट स्माइल एस.के.जी न्युटनकी इशान्भी उपाध्यायले पुरस्कार हात पार्न सफल हुनु भएको थियो ।

कार्यक्रम निकै रोचक र सन्देश मूलक भएको थियो । उक्त कार्यक्रममा बालबालिकाहरुले पुराना सामान साथ साथै प्लास्टिक जस्ता सामानहरुलाई पुनः प्रयोगमा ल्याई निकै नै कलात्मक ढंगले पहिरन बनाई लगाएका थिए । पत्रिका, स्याउ राख्न प्रयोग गर्ने खोल,मकैको खोस्टा, जुटको बोरा ,अण्डाको क्यारेट र विभिन्न किसिमका कार्टुन जस्ता विभिन्न अन्य सामग्रीहरुको प्रयोग गरेर आकर्षक पोसाक बनाएर लगाएका थिए ।यस्ता कार्यक्रमले बालबालिकाहरुको सृजनात्मक, बौद्धिक, सहकार्यात्मक, स्मरणात्मक, आत्म विश्वासको विकास हुने भएकोले आगामी दिनमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने कुरा अवगत गराउदै प्रि–स्कुल शिक्षक वन्दना राना र बिमला क्षेत्री ज्यूले उपस्थित निर्णायक मण्डलहरुलाई मायाको चिनो वितरण गरी कार्यक्रमको समापन भएको थियो ।

 

सेयर गर्नुहोस्