काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानीलाई मैलिक अधिकारको विषयमात्र नभई यसलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन् ।
बिहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकताको योजना बनाएर काम गर्नुपर्ने बताएका हुन् ।
उनले खानेपानीको अभावका विषयमा जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्ने बताए ।
यसैगरी नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराईका जिल्लाहरुमा हरेक पाँच किलोमिटर पानी पोखरी निमार्ण गर्नुपर्ने बताए ।
