मुलुक संबृद्धिका लागि राजसंस्था अपरिहार्य

∙ दीर्घराज प्रसाई –

नेपालमा पार्टीका नेता सबै हारेका छन् । धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लागू गर्ने घोषणा गरेर मुलुक कमजोर भएको छ । राजसंस्था र हिन्दु अधिराज्य नरहेको अवस्थामा बितेका १४ वर्षमा नेपाल बढी असुरक्षित हुन पुगेको छ ।

नेपाल सधैं स्थिर रहिरहोस्, नेपालको सार्वभौमसत्ता र एकता कहिल्यै कमजोर नहोस् भन्ने चाहना हामी सबै नेपालीको हो । कांग्रेस र एमाले यसको उत्तर उनीहरूले दिएका छैनन् । बितेका १४ वर्षमा नेपाल बढी असुरक्षित हुन पुगेको देखिन्छ । नेपालको राष्ट्रियतालाई अस्थिर बनाउने नियतका साथ विदेशीको इसारामा यहाँका पार्टीका नेताहरूले राजमुकुटको पेच खुस्काएको हरेक दिन सावित हुँदैछ । यसको दोष कांग्रेस, एमाले+ माओवादीका नेता बाहेक अरूलाई लगाउन मिल्दैन ।

नेपालको राजा कुनै विदेशीको कठपुतली बनेर टिक्न चाहँदैन । साम्राज्यवादी शक्तिसँग लडेर स्थापित शक्ति हो– राजसंस्था ।

राणाले राजालाई खोपीमा राखेर पनि शासन चलाएका थिए । उनीहरूलाई थाहा थियो कि नेपालमा राजसंस्था रहेन भने नेपाल नै रहने छैन । राणाहरू जतिको पनि ज्ञान नभएका नेताहरूले २०६३ सालको आन्दोलन विसर्जन भएपछि राजालाई मात्र होइन, जनतालाई पनि धोका दिए । त्यसैले जनताका मान्यतामा राजसंस्था अस्तित्वमा छ ।

राजसंस्था सहितको प्रजातान्त्रिक मान्यताबाट नेपालको सार्वभौमसत्ता सुदृढ र अटल रूपमा कायम रहन्छ । अरू देशहरूसँग दाँजेर नेपाललाई हेर्न सकिँदैन । राजसंस्था त नेपालको स्थिरता कायम राख्न सक्ने एक स्थायी शक्ति हो यहाँ । निरंकुश राजसंस्था होइन, जनपक्षीय राजसंस्था हामी सबैको अपरिहार्य साझा चाहना बन्नेपर्छ । नेपालको राजसंस्थाले साम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपाल अधिराज्यको निर्माण गरेको हो ।

नेपालका राजाले देश बेच्ने, विदेशी गुहार्ने र जनता मार्ने काम गरेनन् । राजा र जनता नेपाल निर्माणका श्रमिक हुन् । भारत, अमेरिका वा अन्य राष्ट्रको भन्दा नेपालको भौगोलिक र जातीय वास्तविकता फरक छ । राजाको अनुपस्थितिमा नेपाल अस्तव्यस्त भइरहन्छ भन्ने कुरा बितेको १४ वर्ष प्रमाण हो ।

१८०० सालभन्दा अगाडि गोर्खा एउटा हिन्दु राज्य थियो । १८०१ सालदेखि गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा र त्यसपछि बहादुर शाहबाट नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुर, बाईसे चौबीसे, कास्की, पाल्पालगायतका ५४ भन्दा हिन्दु राज्यहरूलाई एकीकरण गरेर बनेको नेपाल हिन्दु अधिराज्य हो ।

नेपालमा गणतन्त्र, धर्मनिरपेक्ष कसरी लाद्ने काम भयो, त्यसको यथार्थ हामीले खोज्नैपर्छ । ०६२ मंसिर ७ गते भारतीय कांग्रेस (आई) को नेतृत्वको सरकारको निर्देशनमा ’रअ’ सक्रिय भयो,बाह्रबुँदे सहमतिमा हस्ताक्षर गराइयो । बाह्रबुँदे सहमतिलाई आधार बनाएर, भारतबाटै प्रशस्त आर्थिक सहयोग उपलब्ध गराएर नेपालमा ०६३ को आन्दोलन गराइयो । २०६३ सालदेखि भारतीय कांग्रेस र उसको गुप्तचर संस्था रअकै हस्तक्षेपका कारणले नेपालमा भारत विरोधी भावना धेरै बढेको हो ।

राष्ट्र विखण्डनसमेतमा उनीहरू लागेपछि देशलाई रक्तपातबाट बचाउन राजा ज्ञानेन्द्रबाट वैशाख ११ गतेको घोषणामार्फत दलहरूसँग सहकार्यको थालनी भएको हो । ०४७ को संविधानअनुसार विघटित प्रतिनिधिसभा ब्युँताई संसदीय व्यवस्था र संवैधानिक राजसंस्था अन्तर्गत नै गिरिजाप्रसादलाई प्रधानमन्त्री पदको शपथ खुवाइएको थियो । तर राजासँग भएका सहमति तोड्न थालियो र एकपछि अर्को गर्दै देश, राजा र जनतालाई धोका दिने काम भयो ।

पश्चिमाहरू नेपाललाई क्रिस्चियनकरण गर्ने र फ्री तिब्बतको नाममा चीन टुक्र्याउन चाहन्छन् । यो नेपालको लागि पनि राष्ट्रघाती सावित हुनेछ ।

०६३ को जनआन्दोलनको बेलामा राजाले राजनीतिक दलहरूको विरुद्धमा सेना प्रयोग नगर्नुको पछाडि उनीहरूले राष्ट्रघात गर्दैनन् भन्ने झीनो आशा राजाको थियो । त्यसमा नेपाली जनताको पनि विश्वास थियो । त्यसैले अब दलहरूले प्रायश्चितस्वरूप आफ्नो भूमिकाको समीक्षा गर्नु आवश्यक छ ।

राजा ज्ञानेन्द्र एक राजा मात्र नभएर एक देशभक्त व्यक्तित्व पनि हुन् ।

देवभूमि–नेपाल विश्वका हिन्दुहरुको आस्था केन्द्र हो । भारत भौगोलिक र धार्मिक हिसाबले हाम्रो नजिकको छिमेकी राष्ट्र हो । तर नेपाल जस्तो पवित्र हिन्दुस्थलमाथि आक्रामक हुन खोज्दा भारतको कहिले पनि हित हुँदैन । नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्य भएकाले यसको संरक्षण हिन्दु राजाहरुबाट हुने भएकाले यो देवभूमि विश्वका हिन्दुहरुको आस्था केन्द्र हो भने भारत पनि हिन्दुहरुको केन्द्रभूमि हो ।

तर २०७१ सालदेखि भारतमा हिन्दुवादी भारतीय जनतापार्टी अत्यधिक मत लिएर भारतको सत्तामा आएकाले अब हिजोको जस्तो नेपालीहरु भारतसँग सशंकित होइरहनुपर्ने अवस्था नआउला । नेपालीहरुबाट पनि भारतीय जनता पार्टीको विजयको लागि अत्यधिक प्रयास भएको थियो । हिजोको जस्तो भारत छैन, अहिले त्यो हाम्रो अनुकूल छ ।

नरेन्द्र मोदीको सरकार नेपालमा हिन्दू अधिराज्य र राजसंस्था हुनुपर्छ भन्छ । यस उसले पनि भारतले नेपालको राजसंस्था र हिन्दु अधिराज्यको निरन्तरताको लागि प्रस्ताव गर्नसक्नु पर्छ ।
विश्वको एक मात्र हिन्दुअधिराज्य विश्वका हिन्दुहरुको लागि गौरवमय पहिचान भएको र नेपालभित्रका सम्पूर्ण जाति, धर्म, संस्कृति, परम्परा र देशको सार्वभौमसत्तालाई बचाएर स्थायित्व कायम गर्नसक्ने एक मात्र स्थायी संरक्षक नेपालको राजसंस्था हो । राजा ज्ञानेन्द्र एक राजा मात्र नभएर एक देशभक्त व्यक्तित्व पनि हुन् ।

२०६३ सालपछि नेपालमा राजसंस्था र नेपालको पहिचान अनि सुरक्षा अवधारणाको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य हटाएर धर्मनिरपेक्ष, गणतन्त्र लाद्न खोजिएका बेलादेखि नेपाल संरक्षणविहीन अवस्थामा छ ।

छिमेकी फेर्न सकिँदैन । छिमेकी राष्ट्रमा सरकार परिवर्तन हुनसक्छ तर भूभाग सार्न सकिँदैन । त्यसैले नेपालले चीन तथा भारतजस्ता नजिकका छिमेकीहरुसँग सधैँ सुमधुर तथा सन्तुलित सम्बन्ध कायम राख्न सक्नुपर्छ । हिमवत्खण्ड नेपालको मौलिकता र महिमा अपरम्पार छ । यस अर्थमा हामी नेपाली भाग्यमानी छौं कि सार्वभौम नेपाल कहिल्यै पनि विदेशीहरुबाट लुटिएन, बिटुलो भएन ।
नेपालप्रति चीनले अहस्तक्षेपको नीति अपनाउँदै आएको छ ।

नेपालले चीनबाट कुनै खतरा देखेको छैन। चीन यस्तो मित्र राष्ट्र हो, जो सधैँ नेपालको आन्तरिक मामिलामा कसैबाट हस्तक्षेप नहोस् भन्ने चाहन्छ । कतैबाट हस्तक्षेप हुने आशंका देखेमा चीनले नेपालको पक्षमा खुलेर बोल्दै आएको छ । अहिलेको संसारमा चीन एक समृद्ध राष्ट्रको रुपमा उभिएको छ । चीनले नेपालको विकासको लागि अनेकौं सहयोग परिपूर्ति गर्न चाहेको छ । त्यो मध्ये ‘एक बेल्ट एक रोड’ निर्माण गरेर चीनकै सम्पूर्ण खर्चमा केरुङ हुँदै पोखरा, लुम्बिनीसम्म रेलमार्ग पुर्याउन नेपालसँग सम्झौता पनि भइसकेको हुँदा बाटो निर्माणमा चीन अगाडि देखा परेको छ । तर अहिले नेपाल संकटग्रस्त अवस्थामा छ ।

२०६३ सालपछि नेपालमा राजसंस्था र नेपालको पहिचान अनि सुरक्षा अवधारणाको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य हटाएर धर्मनिरपेक्ष, गणतन्त्र लाद्न खोजिएका बेलादेखि नेपाल संरक्षणविहीन अवस्थामा छ । चीनको ‘एक बेल्ट एक रोड’को नीति, राजसंस्था र हिन्दु अधिराज्य नरहेको संरक्षणविहीन अवस्थामा नेपालको लागि खतरा छ । यस्तो बेलामा चीनबाट ‘एक बेल्ट एक रोड’ चीनकै खर्चमा सम्पन्न हुँदाको अवस्थामा नेपालको सार्वभौमसत्ताको लागि अत्यन्त खतरा हुनेछ । तर नेपालमा राजसंस्था र हिन्दु अधिराज्य कायम रहेको अवस्थामा ‘एक बेल्ट एक रोड’ को निर्माण नेपालको लागि ठूलो उपलब्धि र देनको रुपमा मानिन्छ ।

नेपालमा स्थायी संरक्षकको रुपमा राजसंस्था रहेपछि भारत, अमेरिका लगायत विश्वसमुदाय तथा चीनको सौहार्दता नेपालप्रति कायम रहिरहनेछ । त्यस बेला नेपालको सार्वभौमसत्तामा कुनै खतरा आउने छैन ।

राजसंस्था त नेपालको स्थिरता कायम राख्न सक्ने एक स्थायी शक्ति हो यहाँ । निरंकुश राजसंस्था होइन, जनपक्षीय राजसंस्था हामी सबैको अपरिहार्य साझा चाहना बन्नेपर्छ ।

अव हामी राजा ज्ञानेन्द्रसँगको सहमतिमा नेपालको राष्ट्रियता, राजसंस्था, प्रजातन्त्र तथा हिन्दुअधिराज्यलाई सुदृढीकरण गर्दै देश बचाउने बाटोमा लागौं । नेपालका राजाको लागि नेपालभन्दा प्यारो र नजिकको कुरा केही छैन । नेपालको राजा कुनै विदेशीको कठपुतली बनेर टिक्न चाहँदैन । साम्राज्यवादी शक्तिसँग लडेर स्थापित शक्ति हो– राजसंस्था । नेपालमा राजसंस्थालाई विस्थापित गरेर देशको राष्ट्रियता र प्रजातन्त्र बचाएर अगाडि लान सकिदैन । राजा, राष्ट्रवादी, राजावादी र पार्टीभित्र र बाहिरका सबै देशभक्तहरूको संयुक्त प्रयास र संकल्पमा हामी अघि बढ्नैपर्छ ।

 

 

सेयर गर्नुहोस्