बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको छ ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभएको छ । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावक्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उहाँले बताउनुभयो । ‘बालबालिका जन्मेपछि ६ महिनादेखी, सुनौला हजार दिन र पोषण अभियानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा आएका छन् । जसबाट बाल मृत्युदर घटेको छ’, उहाँले भन्नुभयो, ‘जन्म लिन नै नपाई हुने मृत्यु हुने अवस्था आउन नदिन दुर्गम ठाउँबाट हेलिकप्टरबाट पनि प्रजननकालागि स्वास्थ्य संस्थामा लैजाने गरिएको छ ।’

योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरुपनि प्रभावकारी भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिले देखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताउनुभएको छ । विद्यार्थीहरु राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बताउनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग ।

Wed Jan 1 , 2020
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विष्यायमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुयभो । ‘‘यसको विषयाय चर्चा र विवादहरु भइरहेका छन् । सरकारले आफ्नो धारणा स्पष्ट […]