साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति सर्वसम्मतले चयन भएको हो । नव नियुक्त अध्यक्ष अग्रवालले आफुले साना तथा मझौला व्यवसायीहरुको हितमा काम गर्ने बताउनुभयो । उहाँले सरकारले नीति निर्माण गर्दा ठुला उद्योगी तथा व्यवसायीहरुसँग रायसुझाव लिने तर आफुहरुलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न आफु लागिपर्ने समेत बताउनुभयो । पछिल्लो समय मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयन गर्ने अवस्थामा पनि त्यस्तै समस्या आएको बताउदै संघले व्यवसायीहरुको हितमा सरकारसँग समन्वय गरी काम गर्ने बताउनुभयो । २०६१ सालमा स्थापित भएको संघमा काठमाडौंको न्युरोड आसपासमा रहेका करिब ८ सय जना व्यवसायीहरु आवद्ध रहेका छन् ।
Next Post
सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियामा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने
Fri Jan 10 , 2020
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । पुस २१ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहिबार संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसदीय समितिलाई सरकारले आवश्यक सबै कागजपत्र उपलब्ध गराउने बताउनुभएको हो । संसदीय समितिले कुरा उठाईसकेपछि […]

यी समाचार पनि पढ्नुहोस्
-
4 years ago
आजबाट सहिद सप्ताह सुरु
-
4 years ago
सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सिमित हुने
-
4 years ago
नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश
-
2 months ago
मेरो भ्रमण पूर्णरुपमा सफल भयो ः प्रधानमन्त्री