चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङ्का विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताउनुभयो । उहाले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताउनुभयो ।

प्रहरी उपरिक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताउनुभयो । मोटरसाइकल चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी जग्गामा आखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने

Tue Feb 18 , 2020
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने […]