प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बस्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ ।  गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताउनुभयो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको उहाले बताउनुभयो । जसले जुन मन्त्रालय हेर्नुभएको छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो । मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।

पाण्डले संसदमा भएका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो । बास्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडी बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डँकिएको उहाले बताउनुभयो । गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलो पटक आइतबार बसेको हो । प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गर्नुभएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समिक्षागत छलफल भएको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्थमन्त्रीले सम्हाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी

Tue Feb 25 , 2020
अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ […]

यी समाचार पनि पढ्नुहोस्