भुकम्पिय आवास पुननिर्माणमा करिब २२ अर्ब रुपैया विश्व बैैंकले सहयोग गर्ने

विश्व बैकले भुकम्पिय आवास पुननिर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैया सहयोग गरेको छ । अर्थमन्त्रालयमा विहिबार एक समारोहका बीच विश्व बैकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भुकम्पिय आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैकका तर्फबाट  कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गर्नुभएको छ । दोश्रो थप ऋण सहायता स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता अनुसार प्राप्त विश्व बैकको पछिल्लो सहयोग रकमलाई भुकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।
विश्व बैकले नेपालमा भुकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम संचालन गरिरहेको छ । यसघि विश्व बैकले सन् २०१५ मा ५५ हजार घर पुननिर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायित्व

Sun Feb 9 , 2020
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवि नेपलले देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायित्व भएको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको हो । गभर्नर नेपालले […]