लकडाउनको अवधि २५ गतेसम्म सार्ने सरकारको निर्णय

आवश्यकता अनुसार पछि थप्न सक्ने

सरकारले अन्तराष्ट्रिय सिमा नाकाको आवागमन लाई चैत २५ गते राती १२ बजे
सम्मलाई निरन्तरता दिएको छ । तर यस अवधिमा ढुवानीको यातायात भने सुचारु हुने
भएको छ ।

आईतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अन्तराष्ट्रिय सिमा नाकाको
आवागमनलाई चैत २५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । कोरोना
भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चालेको कदमका कारण
संक्रमितको संख्या बढ्न नपाएकोमा सरकार सन्तुष्ठ रहेको निष्कर्ष निकाल्दै बैठकले
सबैको सहयोगका लागि धन्यवाद पनि दिएको छ । त्यसैगरी संक्रामक रोग ऐन २०२०
को आदेश चैत २५ गते राती १२ बजे सम्मलाई कायम राख्ने निर्णय गरेकोे छ ।
यसअघि आईतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा
रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
समन्वय समितिको बैठकले लकडाउनको समय बढाउन सरकारलाई सिफारिस गरेको
थियो । यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले ११ गते
मंगलबार देखि १८ गते सम्म देशभर लक डाउन गर्ने निर्णय गरेको थियो ।
आईतबारको बैठकले कोरोना रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन
सरकारले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोगकत्वमा कोरोना १९
क्रासिस म्यानेजमेण्ट सेन्टर गठन गरेको छ । कोरोना १९ क्रासिस म्यानेजमेण्ट
सेन्टर नामको उच्चस्तरीय कार्यदलमा गृहमन्त्री,अर्थमन्त्री, स्वास्थ्य तथा जनसंख्या
मन्त्री,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन
मन्त्री सदस्य रहने छन् । यो उच्चस्तरीय कार्यदलमा सुरक्षा निकायका प्रमुखहरु पनि
रहने व्यवस्था गरिएको छ । यो टिमले सरकारले दिएको आदेश कार्यान्वयन गराउने,
शान्ति सुरक्षा कायम गर्ने र संक्रमणलाई नियन्त्रित अवस्थामा लगेर सबैलाई
अनुशासनमा राख्ने गरि काम गर्ने निर्णय जिम्मेवारी तोकिएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनद्धारा व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण

Mon Mar 30 , 2020
चीनबाट प्राप्त सहयोगले कोभिड १९ को रोकथाम एवं उपचार कार्यमा सहयोगी हुने विश्वास चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या […]