लकडाउनको आठौ दिन ललितपुर

ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ । लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्रि सडकहरु सुनसान छन् । सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन् । चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पुर्ण पालना भएको देखिन्छ । चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् । सुरक्षाकर्मीले अनुमति विना संञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन् । त्यसैगरी पदैलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आईन्दा लकडाउन उलंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउदै छोड्ने गरिएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२६४ यात्रु लिएर नेपाल एयरलाइन्सको चार्टडं फ्लाइट आज अस्ट्रेलिया उड्दै

Wed Apr 1 , 2020
नेपाल वायुसेवा निगमको जहाज आज २६४ अष्ट्रेलियन यात्रुलाई लिएर अष्ट्रेलिया उड्ने भएको छ । आज साझ ५ः३० बजे अष्ट्रेलियाको चार्टर उडान हुन लागेको निगमले जानकारी दिएको छ । अस्ट्रेलियन दूतावास र नेपाल सरकारको समन्वयमा चार्टर उडानका लागि सात मुलुकबाट अनुमति लिइसकेको निगमले जनाएको छ । नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकलाई […]