आगामी वर्षको बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखिने शहरी विकास राज्यमन्त्रीको भनाई

१ लाख फुस् र खरका छाना विस्थापित गरिने योजना रहेको जानकारी

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत १ लाख फुस् र खरका छाना विस्थापित गरिने बताउनुभयो । आगामी वर्षको बजेट मार्फत कम्तिमा पनि १ लाख फुस तथा खरको छाना विस्थापन गर्ने योजनाका साथ मन्त्रलयले बजेट प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलपछि मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकामा नयाँ शहरको परिकल्पना गरिएको पनि बताउनुभयो । प्रस्तावित टोखा—छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी उहाँले दिनुभयो ।

करिब ६५ किलोमिटरको उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा—तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ । मन्त्री मानन्धरले कोभिड—१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तिमा एक नयाँ कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहरी विकास मन्त्रालयको बजेट छलफल

Wed Apr 29 , 2020
शहरी विकास मन्त्रालय अन्तर्गत आगामी वर्षका लागि नयँ योजनाहरु थप नहुने भएका छन् । गतवर्षका योजनाहरुलाई निरन्तरता दिनेगरी अर्थ मन्त्रालयबाट बजेट प्रस्ताव गर्न निर्देशन भएपछि नयाँ योजनाहरु थप नहुने भएका हुन् । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अर्थमन्त्रालयको निर्देशन अनुसार बजेट प्रस्ताव गरिएको बताउनुभयो । मंगलबार मन्त्रालयमा भएको छलफलपछि सचिव अधिकारीले […]