काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा सिलबन्दी

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको ¥यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको जनाएको छ । अपार्टमेन्टको ५ ब्लकमध्ये ए ब्लकमा बसिरहेका उनीहरु बैशाख ५ गते बेलायतबाट आएको खुलेको छ । सनसीटीमा पाचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारलेअत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने

Mon Apr 13 , 2020
  सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ ।गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अति आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो । पत्रकार सम्मेलनमा गृह मन्त्री रामबहादुर थापा (बादल)ले सामाजिक […]